मधुसुदन भट्टराईको अनटाइटल सिनेमामा आर्यन अनुबन्धित

मधुसुदन भट्टराईको अनटाइटल सिनेमामा आर्यन अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने अनटाइटल सिनेमामा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । बुधबार आर्यन र निर्देशन भट्टराईबीच लिखित सम्झौता भएको हो ।

सिनेमामा अर्का अभिनेता मुकुन भुषालको पनि मुख्य भुमिका रहने छ । केही दिन अघि निर्देशकले मुकुनलाई सिनेमामा अनुबन्धित गरेका थिए । यी दुवै अभिनेतालाई बिल्कुलै नयाँ कथा र सिनेमाको लागि साइन गराएको निर्देशक भट्टराईले बताए । यसअघि उनले फरक-फरक सिनेमाका लागि यी दुई अभिनेतालाई साइन गरेका थिए ।

निर्देशक भट्टराई हामीसँगको कुराकानीमा भने – ‘यसअघिका सिनेमा विभिन्न कारणले बन्न सकेनन् । तर यो सिनेमाको सम्पुर्ण तयारी सकेर नै कलाकार साइन गरिएकाले बन्ने नबन्नेमा दुविधा नरहेको बताए ।’ सिनेमाको नेपाल र दुवईमा छायांकन गरिनेछ । पटकथा लेखक लक्ष्मण सुवेदीले ग्रामीण जीवनको सुख-दुःखमा सिनेमा आधारित हुने बताए ।

सामाजिक विषयवस्तुमा निर्माण हुन लागेको सिनेमामा आर्यन र मुकुन मुख्य भूमिकामा रहनेछन् । सिनेमाका लागि दुई नायिकाको खोजी भैरहेको छ । सिनेमाको पटकथा तथा संवाद लक्ष्मण सुवेदीले लेखेका छन् । जय माँ दुर्गे फिल्म्सको ब्यानरमा बन्ने सिनेमाको निर्मातामा छिरिङ तेन्डुप शेर्पा, विजय चन्द र भुवनकुमार काफ्ले छन् । आगामी फागुन अन्तिमबाट सिनेमा छायांकनमा जानेछ ।