दयाहाङ र सौगातपछि ‘हात्तीछाप’मा उपासना अनुबन्धित

दयाहाङ र सौगातपछि ‘हात्तीछाप’मा उपासना अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘हात्तीछाप’को मुख्य भुमिकामा अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन् । निर्माता किरण नेपालीले ‘हात्तिछाप’मा यस वर्षको हिट सिनेमा ‘दुई नम्बरी’को स्टारकास्ट नै दोर्होयाउने भएका छन् ।

सिनेमामा यसअघि नै अभिनेता द्वय दयाहाङ राई र सौगात मल्लसँग कागजी सम्झौता गरेका निर्माता नेपालीले बुधबार अभिनेत्री उपासना सिंह ठकुरीलाई सिनेमामा अनुबन्धित गरेका छन् । सामाजिक विषयवस्तुमा निर्माण हुनेमा सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रकाश घिमिरेको पनि अभिनय रहने सिनेमामा दीपक मनाङे र अमलादेवी राई निर्माताको रुपमा रहेका छन् ।

अगामी चैत्रबाट छायांकन सुरु गर्ने योजनामा निर्माता नेपाली छन् । किरण ‘दुई नम्बरी’पछि सिनेमा ‘पोइ र्पयो बुढो’ बनाउने तयारीमा थिए । तर, प्रदीप भारद्धाजको स्क्रिप्ट मन परेपछि उनले यो सिनेमालाई स्थगित गर्दै ‘हात्तीछाप’ बनाउने निर्णय गरेका थिए ।