दर्शक तर्साउन हल छिरे प्रियंका, ऋचा, बेनिशा र आयुषमान

दर्शक तर्साउन हल छिरे प्रियंका, ऋचा, बेनिशा र आयुषमान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारदेखि हरर थ्रिलर सिनेमा ‘चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङ’ सार्वजनिक प्रदर्शनमा आएको छ ।

यस वर्ष रिलिज भएको यो नै पहिलो हरर सिनेमा हो । मर्ण जेम्स र यश सैनीको लेखन एवं निर्देशन रहेको सिनेमाले एक आत्माले पात्रलाई दिने दु:ख र त्यसले परिवार र समाजमा पार्ने प्रभाव चित्रण गर्छ ।

निर्माण पक्षले ‘चि मुसी चि’लाई अहिलेसम्म कै उत्कृष्ट हरर सिनेमा दावी गर्दै आएको छ ।

सिनेमामा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल र आयुषमान देशराज जोशीको मुख्य भूमिका छ ।

प्रियंका (माला – २०१५), ऋचा (सुनकेसरी – २०१८) र बेनिशा (घर – २०१९)पछि हरर जनरामा देखिएका हुन् । यसअघि दर्शकमा खास्सै प्रभाव छोड्न नसकेका अभिनेत्री यसपटक भने पूर्ण आशावादी देखिएका छन् ।

सिनेमामा सुशन प्रजापतिको छायांकन र यश सैनीको सम्पादन रहेको छ । एमी स्टुडियोको व्यानरमा अरुण चक्रवर्तीको प्रस्तुति रहेको सिनेमामा रिञ्जु केसीसंगै अरुण चक्रवर्तीले लगानी गरेका छन् ।