चलचित्र पत्रकार संघले ज्येष्ठ पत्रकारलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने

चलचित्र पत्रकार संघले ज्येष्ठ पत्रकारलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर पुगेका आफ्ना ज्येष्ठ पत्रकार सदस्यहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ ।

बिहिबार राजधानीमा दिनेश सिटौलाको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले ज्येष्ठ पत्रकारलाई मासिक ६ हजार सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने र वार्षिक नवीकरण शुल्क मिनाहा गर्ने निर्णय गरेको हो ।

‘यसले विधागत रुपमा पत्रकारिता गरिरहेकालाई उर्जा मिल्ने विश्वास लिएका छौं। विधागत पत्रकारितामा उहाँले दिनुभएको योगदानको कदर गर्न संघ सदैव अगाडी छ । हामीले कल्याणकारी कोषमार्फत संघका सदस्यहरूको समस्यालाई न्यूनीकरण गर्ने लक्ष्य लिएका छौं ।’ अध्यक्ष सिटौलाले भने ।

यसका साथै बैठकले केहि महत्वपूर्ण निर्णयहरुपनि गरेको छ । जस अनुरुप चलचित्र पत्रकारको क्षमता अभिवृद्धिको लागि माघ १३ र १४ गते राजधानीमा कार्यशाला सम्पन्न गर्नेछ ।

सचिव विशाल राईले जारी गरेको विज्ञप्तिमा २४ जना नयाँ पत्रकारलाई सदस्यता प्रदान गर्दै फागुन १७ गते नवौं महाधिवेशन गरिने उल्लेख गरिएको छ ।

संघले अधिवेशन प्रायोजनका लागि आफ्ना सम्पूर्ण सदस्यहरुलाई माघ १५ गतेसम्म सदस्यता नवीकरण गर्न आग्रहसमेत गरेको छ ।

नयाँ सदस्यता प्राप्त पत्रकारहरुको सूचि 
भद्रबहादुर कार्की (नविन)
सेञ्जल अधिकारी
सुष्मा कार्की
धिरज गुरुङ
निशा बजगाईं
संगीता गिरी
सुजन श्रेष्ठ
अमृता खनाल
अर्जुन गुरागाईं
सृजना विश्वकर्मा (सोजना)
लक्ष्मी बलायर
संगीत ओली
सरिता भारती
सबि कार्की
नवराज गिरी
पवन भट्टराई
सुदीप पौडेल
प्रकाश भुषाल
राज मल्ल
सन्तोष खनाल
शालिकराम न्यौपाने
रत्नबहादुर चन्द
दीपक गिरी
दीपेश गौतम

विज्ञप्ति:-