शोभित बस्नेतको ‘जय हो’मा अर्पण थापा अनुबन्धित

शोभित बस्नेतको ‘जय हो’मा अर्पण थापा अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिहेपछि सलोन बस्नेतको मुख्य भुमिका रहने पहिलो सिनेमा ‘जय हो’मा अभिनेता अर्पण थापा अनुबन्धित भएका छन् । सोमबार निर्माण कम्पनी सलोन सलिना फिल्म्सको तर्फबाट प्रस्तुतकर्ता शोभित बस्नेत र कलाकार थापाबीच सम्झौता भएको हो ।

अर्पणले कथावस्तु, चरित्र र टिम राम्रो लागेकाले सिनेमा साइन गरेको जानकारी दिए । त्यस्तै, शोभितले अर्पणलाई सिनेमाको कथाले मागेको बताए । आगामी माघ अन्तिम सातादेखि छायांकन सुरु हुन लागेको सिनेमामा अभिनय गर्ने अन्य कलाकार र अभिनेत्रीको टुंगो चाँडै लाग्ने निर्देशक टेक पौरखी राईले बताए ।

काठमाडौँ, पोखरा र मुस्ताङमा सिनेमाको छायांकन हुनेछ । दुई साताअघि टेक, शोभित र सलोनले पोखरा र मुस्ताङको भ्रमण गर्दै लोकेशन फाइनल गरेका हुन् । सिनेमामा शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत, सुरेश न्यौपानेको कथा र सौरभ लामाको छायांकन रहनेछ ।

एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् । अधिकारी र सरकार जय हो विजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । सिनेमाको क्रियटिभ निर्देशकमा रामजी राउत रहेका छन् ।