सारा र प्रितमराजको ‘गुञ्जन’को रोमान्टिक गीत रिलिज

सारा र प्रितमराजको ‘गुञ्जन’को रोमान्टिक गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सारा सिर्पाली र डेब्यु नायक प्रितमराज सेन्चुरी अभिनित सिनेमा ‘गुञ्जन’को रोमान्टिक गीत रिलिज भएको छ ।

‘केवल तिम्रै तिर’ बोलको गीतमा सारा र प्रितमराजको रोमान्टिक मुड देख्न सकिन्छ । दुबईका रमणीय दृश्यमा दुई बीचको प्रेम झल्किन्छ ।

रवि मल्लको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा निशान भट्टराई र श्रेया सोताङको स्वर छ । देबेश राईद्वारा एरेञ्ज गरिएको गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

माघे संक्रान्तिको अवसर पारेर पुष २९ देखि प्रदर्शनमा आउने सिनेमाले त्रिकोणात्मक प्रेमकथा देखाउछ । सिनेमामा सारा र प्रितमराजसंगै कबिर खड्काको पनि मुख्य भूमिका छ ।

सफल द्वन्द्व निर्देशक अष्ट महर्जनको डेब्यु निर्देशनमा बनेको सिनेमामा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, इभा श्रेष्ठ, रोहण शाहीलगायतको पनि अभिनय छ ।

काठमाडौं, पोखरा, जोमसोम र दुबईमा खिचिएको सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, करणराज कार्की, कल्याण सिंह र अर्जुन पोखरेलको संगीत छ । काठमाडौंमा जीजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले यो सिनेमा वितरणको जिम्मा लिएका छन् ।

gunj