दीपक श्रेष्ठको अनटाइटल सिनेमामा दयाहाङ अनुबन्धित

दीपक श्रेष्ठको अनटाइटल सिनेमामा दयाहाङ अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपक श्रेष्ठको निर्देशनमा निर्माण हुने अनटाइटल सिनेमामा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । मंगलबार निर्माण टिम र अभिनेता राईबीच लिखित सम्झौता भएको हो ।

सुरज आचार्य प्रोडक्सन हेड र केवल तामाङ प्रस्तुतकर्ता रहने सिनेमामा कोमल गुरुङको लगानी रहनेछ । सौरभ लामाको छायांकन रहने सिनेमाको लेखन निर्देशक श्रेष्ठ स्वयंले गर्नेछन् । प्रस्तुतकर्ता केवल तामाङले आगामी माघ २० गतेबाट सिनेमाको छायांकन सुरु गरिने बताए । सिनेमाका लागि एक अभिनेता र एक अभिनेत्री केही दिनमा फाइनल गरिने निर्देशक श्रेष्ठ जानकारी दिए ।

प्रोमिस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने सिनेमामा तपश्री प्रोडक्शनको सहकार्य रहनेछ । लभस्टोरी र कमेडी कथामा निर्माण हुन लागेको सिनेमाको छायांकन सिक्किम र इलाममा हुनेछ । सिनेमाले नेपाल र सिक्किमको पर्यटन प्रवद्र्धनमा टेवा र्पुयाउने विश्वास निर्माण पक्षको छ ।

निर्देशक श्रेष्ठले ७ बर्षपछि निर्देशनमा कमब्याक गरेको सिनेमा ‘घिन्ताङ’ प्रदर्शनको तयारीमा छ । केकी अधिकारी र गौरव पहारीको मुख्य भुमिका रहेको सिनेमाको कोरोना महामारी पश्चात छायांकन गरिएको थियो ।