बिकास बोर्डमा निर्माताहरुको वृहत छलफल र अन्तरक्रिया सुरु

बिकास बोर्डमा निर्माताहरुको वृहत छलफल र अन्तरक्रिया सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली चलचित्र निर्माताहरुको वृहत भेला तथा छलफल र अन्तरक्रिया काठमाडौंमा सुरु भएको छ ।

चलचित्र बिकास बोर्डको सभाहलमा सुरु भएको राष्ट्रिय भेलाबाट प्राप्त सुझावको आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र बोर्डमा माग पेस गर्ने निर्माता संघको तयारी छ ।

संघका अध्यक्ष नवल खड्काले राष्ट्रिय भेलामा सिनेमा हलसँगका कुरा, निर्माताले पाउनुपर्ने ‘पर्सेन्टेज’ कम भएको, ट्रेलर बजाएको पैसा, सर्भरको चार्ज, बक्स अफिस पारदर्शी नभएको, सर्भर डाउनको बहानामा निर्माताले हिसाब नपाएको जस्ता कुरामाथि छलफल हुने बताए ।

खड्काले सुरुमा वार्ता र छलफलबाटै समस्याको समाधान खोज्ने र यदि माग पूरा नभएमा आन्दोलनमा उत्रिन सक्ने संकेत दिए ।

भेलाको उद्घाटन समारोहमा सञ्चार मन्त्रालयका सचिव, संघीय सांसद असिम शाह, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र ३०० बढी निर्माताको उपस्थिति छ । नेपाली चलचित्र क्षेत्रबाट प्रतिनिधिसभाका एक्ला सांसद असिम शाहलाई उक्त भेलाको उद्घाटन समारोहमा दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो ।