‘तिम्रो मेरो साथ’लाई शनिबार दर्शकको साथ, पुष्प खड्का दर्शक भेट्न हलमा

‘तिम्रो मेरो साथ’लाई शनिबार दर्शकको साथ, पुष्प खड्का दर्शक भेट्न हलमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबार अर्थात् पौष २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘तिम्रो मेरो साथ’लाई दर्शकबाट मिश्रित प्रतिक्रिया मिलेको छ । शुक्रबार औषत सुरुवात गरेकको सिनेमालाई शनिबार दिवा शोबाट दर्शकको साथ मिलेको निर्माण टिमले जानकारी दिएको छ ।

शनिबार निर्माण टिम अभिनेता पुष्प खड्कालाई लिएर राजधानीका विभिन्न हल पुगेको थियो । बिशेषगरी अष्टनारायण हलमा दर्शकको चाप राम्रो देखियो । जहाँ पुष्प पुग्दा दर्शकले सेल्फी खिच्नुकम साथै सिनेमा राम्रो बनेको प्रतिक्रिया दिएको निर्माण पक्षको दाबी छ ।

सिनेमाका निर्माता तथा डेव्यु निर्देशक रमेश एमके पौड्लले दर्शक प्रतिक्रिया र साथले उत्साहित मिलेको बताउँछन् । दर्शकबाट राम्रो वर्ड अफ माउथ मिलेकाले पनि आगामी दिनमा दर्शक संख्या बढ्ने विश्वास व्यक्त गरे । आइतबार आज माघे संक्रान्तिको परेकाले पनि दर्शकको साथ राम्रो मिल्ने कार्यकारी सबिर श्रेष्ठले बताए ।

सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको सिनेमामा पुष्प, साम्राज्ञी र इमिलीका अलवा सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ । आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकिय सिनेमा हो ।

सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको सिनेमामा शिव ढकालको छायांकन, सुवाष भुषालरयोगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

सिनेमामा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । सिनेमाको सह-निर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।