‘प्रसाद २’को छायांकन ३१ दिनमा सकियो, बैशाख १ गते रिलिज घोषणा

‘प्रसाद २’को छायांकन ३१ दिनमा सकियो, बैशाख १ गते रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुदर्शन थापाको निर्देशनमा निर्माण भएको सिनेमा ‘प्रसाद २’ को छायांकन सकिएको छ । सम्पुर्ण छायांकन ३१ दिनमा सकिएको सिनेमालाई कास्कीको माछापुच्छ्रे गाउँपालिकामा खिचिएको हो ।

एसजी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको सिनेमामा सुदर्शन बस्नेतको लगानी छ । सिनेमाका कार्यकारी निर्माता सुवास थापा हुन् । सिनेमामा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन् ।

सिनेमामा विपिन र केकीका अलवा अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतको अभिनय रहेको छ । सिनेमामा राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत, उत्तम न्यौपानेको पार्श्व ध्वनि रहेको छ । सिनेमाको कथा रंग पत्रकार सुशिल पौडेलले लेखेका हुन् ।

सिनेमाको इन्डक्ल्याप भएकै दिन यसको निर्माणपक्षले प्रदर्शन मिति समेत घोषणा गरेको छ । सिनेमालाई आगामी नयाँ बर्षको वैशाख १ गतेबाट रिलिज गर्ने पक्का गरिएको निर्देशक सुदर्शन थापाले बताए । कार्यकारी निर्माता थापाले ‘प्रसाद’लाई दर्शकले अपार माया दिएकाले यस्तै, माया ‘प्रसाद २’ बाट पनि पाउनेमा विश्वस्त रहेको बताउँछन् ।