जापानका एक दर्जन बढि सहरमा रिजिल हुँदै ‘छड्के २’

जापानका एक दर्जन बढि सहरमा रिजिल हुँदै ‘छड्के २’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसीको मुख्य भुमिका रहेको सिसनेमा ‘छड्के २’ मार्च ५ तारिखबाट जापानको राजधानी टोकियोमा रिलिज हुँदैछ । नमस्ते टोक्योले सिनेमाको जापान प्रदर्शन अधिकार खरिद गरेको छ ।

टोकियोस्थित नाकानो जेरो हलबाट प्रदर्शनको सुस्वात हुने सिनेमा हाचिओजि, निगाताकेन, तोचिगीमा लगायतका सिटीमा पनि रिलिज हुने छ । यस्तै, नमस्ते टोक्योमा सञ्चालक सचिन आचार्यकका अनुसार छड्के २ सेन्दाई, चिवा, सिजोउका, नागोया, ओसाका, कोबे, फुकुयमा, फुकुओका, ओकिनावा लगायतका एक दर्जन बढि प्रमुद सहरमा सिनेमा रिलिज हुने पक्का भएको आचार्यले बताए ।

ग्याङस्टर जनरामा निर्माण भएको सिनेमामा अनमोलको भिन्न लूक्स देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको सिनेमामा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् । सिनेमाको चितवन र मुस्ताङमा छायांकन गरिएको छ ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमासँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका सिनेमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । ‘छड्के २’ रिभेन्ज ग्याङस्टर सिनेमा हो । सिनेमा पोस्टर सार्वजनिक भएसँगै चर्चाको शिखरमा छ ।