धिरज र सुहानापछि ‘भगवत् गीता’मा भित्रिए विपिन

धिरज र सुहानापछि ‘भगवत् गीता’मा भित्रिए विपिन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता विपिन कार्की झरना थापाको निर्देशनमा निर्माण हुने सिनेमा ‘भगवत् गीता’मा अनुबन्धित भएका छन् । बुधबार निर्माण र अभिनेता कार्कीबीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो ।

सिनेमाको मुख्य भुमिकामा यसअघि नै अभिनेत्री सुहाना थापा र धिरज मगर फाइनल भैसकेकका छन् । केही दिन अगाडी सिनेमामा सौगात मल्ललाई साइन गरेको चर्चा थियो । तर, यो सबै हल्लालाई चिर्दै निर्माण टिमले बुधबार विपिन कार्कीसँग सिनेमा लागि सम्झौता गरेको हो ।

सिनेमामा धिरजको जोडी अभिनेत्री सुहाना थापासँग बाँधिनेछ । युवापुस्तामा लोकप्रिय सुहाना र धिरजको यो सहकार्य दर्शकको लागि प्रतिक्षित थियो । सुनिलकुमार थापाले निर्माण गर्ने सिनेमाको तीन महिना अगाडी औपचारिक घोषणा गरिएको थियो । मिथिलाको प्रांगणमा खिचिएको ‘अनाउन्समेन्ट टिजर’ले सिनेमाको हाइप बनाउन सहयोग पुर्याएको थियो ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा संजय लामाको छायांकन, प्रवेश मल्लिकको ब्याकग्राउन्ड स्कोर, रामजी लामिछानेको कोरियोग्राफी, काव्या थापाको शृंगार र शाहील खानको सम्पादन रहनेछ । हाल स्किृप्ट लेखनको कार्य अन्तिम चरणमा रहेकाले सिनेमा माघ २० गतेबाट फ्लोरमा जानेछ ।

जनकपुर र मनाङमा छायांकन गरिने सिनेमालाई त्रिनेत्रम डिष्ट्रिब्युसनले उपत्यकाबाहिर र काव्या फिल्म्सले काठमाडौंमा वितरण गर्दैछन् ।