चलचित्रकर्मी कल्याणकारी कोषमा उदित-दीपा दम्पतिको सहयोग

चलचित्रकर्मी कल्याणकारी कोषमा उदित-दीपा दम्पतिको सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली तथा भारतीय संगीतका लोकप्रिय गायक-गायिका उदित नारायण झा र पत्नी दीपा नारायण झासहितका सिनेकर्मीहरुले चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषलाई सहयोग गरेका छन् ।

कार्यक्रमको शिलशिलामा नेपाल आएकी दीपा झाले मंगलबार बोर्डमा आयोजित एक कार्यक्रमका बीच ५ लाख १ सय एघार रुपैयाँ कोषलाई हस्तान्तरण गरेकी हुन् ।

रकम हस्तान्तरणपछि मिडियासंग बोल्दै दीपाले आफ्नो जीवनकालको महत्वपूर्ण समय दिएको क्षेत्रलाई सहयोग गर्न पाउँदा खुसि लागेको बताइन ।

यस्तै कार्यक्रममा निर्देशक/कलाकार दीपाश्री निरौला र निर्माता/कलाकार दीपकराज गिरीले जनही १ लाख १ सय एघार रुपैयाँ सहयोग गरेका छन् ।

भने अभिनेत्री स्वस्तिमा खड्का र निर्माता/कलाकार निर्मल शर्माले जनही ५१ हजार १ सय एघार रुपैयाँ कोषमा हाले । चलचित्रकर्मी महिला सशक्तिकरण समितिकी संयोजक गीता नेपालले ११ हजार १ सय एघार रुपैयाँ सहयोग गरिन ।

सहयोगपछि कोषकी संयोजक बसुन्धरा भुषालले लाखमा सहयोग भएपनि यसले करोडौंको मुल्य राख्ने बताइन । साथै १० करोडको कोषमा अहिलेसम्म ५ करोड जम्मा भैसकेको जानकारी दिइन ।

नेपाली सिनेमा क्षेत्रमा सक्रिय सिनेकर्मीहरु गम्भीर बिरामी हुँदा, दुर्घटनामा पर्दा र आर्थिक संकटसंग जुधिरहेको अवस्थामा सहयोग गर्ने उद्येश्यसहित २२ वर्ष अगाडी कोषको स्थापना गरिएको थियो ।

सहयोग कार्यक्रमपछि बोर्ड अध्यक्ष भुवन केसीले सम्पूर्ण सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्य्रकममा बोर्डका पुर्व अध्यक्ष शम्भुजित बाँस्कोटा, कृष्ण मल्ल, राजकुमार राईसहित सिनेमा सम्बन्धि विभिन्न संस्थाका पदाधिकारीहरुको उपस्थिति थियो ।