प्रेमी आश्वासनसँग अभिनेत्री शुभेच्छा खड्काले गरिन् इन्गेजमेन्ट

प्रेमी आश्वासनसँग अभिनेत्री शुभेच्छा खड्काले गरिन् इन्गेजमेन्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘रणवीर’ फेम्ड अभिनेत्री शुभेच्छा खड्काले प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबार काठमाडौंको एक होटलमा सिमित साथीहरु र परिवारको उपस्थितिमा उनीहरुले एकअर्कासँग औंठी साटेका हुन् । उनीहरुको इन्गेजमेन्ट कार्यक्रममा पूर्व मिस नेपाल ततथा अभिनेत्री सृष्टि श्रेष्ठलगायत सहभागी थिए ।

गत महिना आश्वासनले आफ्नो जन्मदिनमा शुभेच्छालाई हिराको औंठी लगाइदिँदै विवाहको प्रस्ताव राखेका थिए । शुभेच्छाले पनि औंठी स्वीकार गर्दै विवाहका लागि मञ्जुरी जनाएकी थिइन् । उनीहरुबीच विवाहको मिति तय भए वा नभएको बारेमा भने कुनै जानकारी प्राप्त भएको छैन । तर, स्रोतका अनुसार, उनीहरु यही वर्ष विवाह बन्धनमा बाँधिने योजनामा छन् ।

मिस नेपाल इन्टरनेसनल २०१२ र वल्र्ड मिस युनिभर्सिटी नेपाल २०१७ की विजेता तथा अभिनेत्री शुभेच्छा खड्काले ‘रणवीर’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । त्यसपछि उनले लकडाउनको समयमा सिनेमा ‘प्रेमा’मा अभिनय गरेकी छन् । निर्देशक गोविन्द सिंह भण्डारको निर्देशनमा निर्माण भएको लभस्टोरी सिनेमा आगामी चैत १७ गतेबाट प्रदर्शनको तयारीमा छ ।