सफल र प्रतिकको ‘चलचित्र’मा विपिन र अर्पण अनुबन्धित

सफल र प्रतिकको ‘चलचित्र’मा विपिन र अर्पण अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता विपिन कार्की र अर्पण थापा हरिका निर्देशकद्धय सफल केसी र प्रतिक गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘चलचित्र’मा अनुबन्धित भएका छन् । शुक्रबार निर्माण टिम र अभिनेताद्धय कार्की र थापासँग लिखित सम्झौता भएको हो ।

अभिनेता कार्की बुधबार मात्रै झरना थापाको निर्देशनमा निर्माण हुने सिनेमा भागवत् गीतामा अनुबन्धित भएका थिए, भने अकर्का अभिनेता थापाले पनि केही दिनअघि मात्रै शोभित बस्नेतले निर्माण गर्ने सिनेमा जय हो साइन गरेका थिए । विपिनले यो सिनेमाभन्दा अगाडी ‘भागवत् गीता’ र ‘भष्मे डन’को छायांकन सक्नेछन्, भने अर्पणले ‘जय हो’को छायांकन सक्नेछन् ।

निकुन श्रेष्ठ र सुशान्त श्रेष्ठले संयुक्त रुपमा निर्माण गर्न लागेको सिनेमा नेपालमा सिनेमा बनाउन गर्नुपर्ने संघर्षमाथि बन्ने छ । कथावस्तुअनुसार सिनेमाको नाम सुहाउँदो छ । रेजोनेटिङ पिक्चर्ससँगको सहकार्यमा मनराम ग्रुप र मन प्रोडक्सनको ब्यानरमा सिनेमा निर्माण हुनेछ । सिनेमाको कथा निर्देशकद्धय केसी र गुरुङ आफैले लेखिरहेका छन् ।

यसअघि सफल र प्रतीक निर्देशित सिनेमा ‘हरि’मा पनि विपिनको मुख्य भूमिकामा अभिनय गरेका थिए । यो सिनेमा व्यवसायिक रुपमा असफल भए पनि समीक्षा अब्बल पाएको थियो । विपिनको सम्झनलायक सिनेमा मध्ये एक ‘हरि’लाई मानिन्छ । अहिले प्रि-प्रोडक्सनमा काम भैरहेको सिनेमाको आगामी चैतबाट छायांकन सुरु गर्ने तयारी गरिएको छ ।