दिनेश राउतको लभस्टोरी सिनेमामा स्वप्न सुमन हिरो

दिनेश राउतको लभस्टोरी सिनेमामा स्वप्न सुमन हिरो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – युवापुस्तामाँझ लोकप्रिय गायक स्वप्न सुमन अब सिनेमाको हिरो बन्ने भएका छन् । उनि दिनेश राउतले निर्देशन गर्ने सामाजिक तथा प्रेमकथानक अनटाइटल सिनेमामा अनुबन्धित भएका हुन् ।

स्वप्न अडिसन मार्फत मुख्य भूमिकामा छनोट भएका हुन् । उनि तीन महिनादेखि अभिनय प्रशिक्षणमा छन् । सिनेमाको कथामा स्वप्न फिट हुने भएकाले मुख्य कलाकारको रुपमा छनोट गरिएको निर्देशक राउतले जानकारी दिए ।

राउतले आफ्नो फेसबुक पेजमा स्वप्नसंगको तस्विर पोस्ट गर्दै लेखेका छन् ‘शहरी सभ्यता भित्रको ढोंग र प्रेम । सहयात्रामा मलाई मन पर्ने गायक !’

पटकथाकार बिकास सुवेदीले ‘शहरी सभ्यता भित्रको ढोंग र प्रेम’ सिनेमाको कथासार रहेको बताए ।

बैशाखदेखि फ्लोरमा जाने सिनेमाको सम्पूर्ण छायांकन काठमाडौँ मै गरिनेछ ।

कभर गीत गाउँदै करिअर सुरु गरेका स्वप्नका ‘कसरी भनु’, ‘म तिम्रो’, ‘बाचा भयो’, ‘कुरेर बस्छु’, ‘तिम्रो आँखा’, ‘याद म राख्नेछु’लगायतका गीत हिट छन् ।

स्वप्नले गत वर्ष अभिनेत्री/मोडल ज्योत्सना योगीसंग विवाह गरेका थिए ।