केपी ओलीद्वारा राजेश हमाललाई महानायकको सम्मान प्रदान

केपी ओलीद्वारा राजेश हमाललाई महानायकको सम्मान प्रदान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता राजेश हमाललाई पुन: एकपटक महानायकको सम्मान दिइएको छ ।

शनिबार भक्तपुरमा सम्पन्न चौथों एपिक म्युजिक अवार्ड कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हमाललाई महानायकको सम्मान प्रदान गरेका हुन् ।

सम्मानसंगै हमाललाई १ लाख १ हजार १ सय एघारको रुपैयाँपनि प्रदान गरिएको थियो ।

यसअघिपनि बिभिन्न संस्थाले हमाललाई महानायकको सम्मानबाट सम्मानित गरेका थिए ।

शनिबार हमाललाई सम्मान प्रदान गर्दै गर्दा ओलीले प्रशंसासमेत गरे । उनि पत्नी राधिका शाक्यसहित कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेत्रीहरु वसुन्धरा भुसाल र गौरी मल्ल, हमाल पत्नी मधु भट्टराईलगायत सहभागी थिए ।

समारोहमा हमाल र पत्नी भट्टराई नेवारी पोशाक लगाएर उपस्थित भएका थिए ।

हमाललाई दिइएको महानायक उपाधिप्रति नेपाली दर्शक सकारात्मक देखिन्छन ।

तस्वीर : रत्न श्रेष्ठ/रासस