दयाहाङ र मिरुनाको ‘जारी’ नयाँ वर्षमा रिलिज हुने

दयाहाङ र मिरुनाको ‘जारी’ नयाँ वर्षमा रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दयाहाङ राई र मिरुना मगर स्टारर सिनेमा ‘जारी’ले बैशाख १ लाई प्रदर्शन तय गरेको छ ।

सोमबार निर्माण पक्षले सिनेमाको फस्टलुक सार्वजनिक गर्दै २०८० को नयाँ वर्षको दिन प्रदर्शन पक्का गरेको हो ।

सार्वजनिक पोस्टरमा दयाहाङ र मिरुना मात्र चित्रित छन् । दयाहाङ गम्भीर मुद्रामा देखिएका छन् । भने मिरुनाको मलिन मनोदशा झल्किन्छ ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको सिनेमाले लिम्बु समुदायको एउटा सुन्दर प्रेमकथा भन्छ । जहाँ एउटा पुरुषले आफ्नो श्रीमती फिर्ता ल्याउन गर्नु परेको संघर्ष देखाइने छ ।

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको निर्माण रहेको सिनेमामा दयाहाङ र मिरुनासंगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणि नेपाल, पुस्कर गुरुङलगायतका कलाकारहरुको अभिनय छ ।

बाँसुरी फिल्मको व्यानरमा निर्मित सिनेमामा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

दयाहाङ र मिरुनाले यस वर्षको ब्लकबस्टर सिनेमा ‘कबड्डी ४’मा अभिनय गरेका थिए । झन्डै १ वर्षको अन्तरालमा यो जोडी पुन: पर्दामा झुल्किन लागेको हो ।