विपिन र अरुणा अभिनित ‘फूलबारी’को ट्रेलर रिलिज

विपिन र अरुणा अभिनित ‘फूलबारी’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रामबाबु गुरुङ निर्देशित सिनेमा ‘फूलबारी’को ट्रेलर रिलिज गरिएको छ ।

४.०९ मिनेटको ट्रेलरमा परिवारभित्रको प्रेम, असमझदारी, चाहना, कर्तव्य र अपहेलनाका दृश्यहरु देखाइएको छ । पुस्तान्तरले बृद्ध आमा-बाबुको जीवनमा ल्याउने उतारचढाव ट्रेलरमा देख्न सकिन्छ । सिनेमा पूर्वी नेपालको पृष्ठभूमिमा खिचिएको छ ।

यस सामाजिक ड्रामामा अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा कार्कीले पाका बुबा-आमाको भूमिका निर्वाह गरेका छन् । सिनेमाको कथा यी दुईको वरिपरि घुम्छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमामा दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।

कमल किशोर मलपानीको कन्सेप्टमा निर्माण सिनेमामा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।

यो सिनेमा महाशिवरात्रीको अवसर पारेर फागुन ५ देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।

रामबाबुको निर्देशन र दयाहाङ स्टारर ‘कबड्डी ४’ले यस वर्षको सुरुवात मै ब्लकबस्टरको व्यापार गरेको थियो । ८ महिनापछि यो हिट जोडी दोस्रो सिनेमा लिएर दर्शक माँझ आउदैछन ।