‘पठान’ रिलिजको अवसरमा पूजाले काटिन केक

‘पठान’ रिलिजको अवसरमा पूजाले काटिन केक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शाहरुख खान फ्यान अभिनेत्री पूजा शर्माले ‘पठान’ रिलिजको अवसरमा हलमा केक काटेकी छन् ।

चार वर्षपछिको शाहरुखको कमब्याकलाई लिएर उत्साहित रहेका फ्यान बुधबार ‘फस्ट डे फस्ट शो’ हेर्न बिहानै हल पुगेका थिए ।

शाहरुखको फ्यान क्लब ‘टीम एसआरके नेपाल’ले काठमाडौँको सिडिसी सिनेमाजमा शो आयोजना गरेको थियो । उक्त अवसरमा पूजासहितका फ्यानले केक काटेर खुसियाली मनाएका थिए ।

पूजाले केक काटेर रमाइलो गर्दै गरेको भिडियो इन्स्टाग्राम स्टोरी बनाउदै ‘प्राउड टु बि योर फ्यान’ भन्दै उल्लेख गरेकी छन् ।

बुधबारबाट प्रदर्शनमा आएको सिनेमाले घरेलु बक्सअफिसमा ४५ करोड आसपासको ओपनिङ गर्ने अनुमान गरिएको छ । सिनेमाको समिक्षापनि राम्रो आएकाले ३४०-३७० करोड बीच लाइफटाइम कलेक्सन गर्ने प्रक्षेपण छ ।

शाहरुखसंगै दीपिका पादुकोण र जोन अब्राहम अभिनित सिनेमाले पहिलो दिन नेपालमा पनि बम्पर व्यापार गरेको छ । बुधबार देशैभर लगभग सबै जसो हल हाउसफुल भएका छन् ।