प्रदीपलाई लिएर ‘कामिनो’ घोषणा, दीपक वलीले निर्देशन गर्ने

प्रदीपलाई लिएर ‘कामिनो’ घोषणा, दीपक वलीले निर्देशन गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता प्रदीप खड्काले दीपक वलीको निर्देशनमा सिनेमा ‘कामिनो’मा अभिनय गर्ने भएका छन् ।

बुधबार निर्माण पक्षले प्रदीपको नामसहितको थिम पोस्टर सार्वजनिक गरिएको छ । सिनेमामा प्रदीपले शिर्ष भूमिका निर्वाह गर्नेछन् ।

स्पेनिस शब्दबाट नामाकरण गरिएको ‘कामिनो’को अर्थ बाटो हुन्छ । सार्वजनिक पोस्टरमा समुन्द्रमा तैरिरहेको जहाज र त्यसतर्फ प्रस्थान गर्दै गरेको व्यक्ति देखाइएको छ ।

चैत तेस्रो सातादेखि छायांकनमा जाने सिनेमामा सुनिल विष्ट गौलीको कार्यकारी निर्माण र एक्सेस नेपाल फिल्मस्को निर्माण रहनेछ ।

महेश दवाडीको लेखन रहने सिनेमा नेपालीसंगै हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा निर्माण गरिनेछ ।

उत्तर अमेरिकी देश मेक्सिको र दक्षिण अमेरिकी देश ब्राजिलमा खिचिने सिनेमामा सौरभ लामाको छायांकन रहनेछ ।

प्रेम, रोमान्स र सस्पेन्स ड्रामामा एसडी योगी, एलिस कार्कीको संगीत र सम्राट बस्नेतको द्वन्द्व रहनेछ ।

सिनेमाका अन्य कलाकार चाँडै तय हुने बताइएको छ ।

निर्देशक वलीको यस वर्ष सिनेमा ‘कृष्णलीला’ रिलिज भएको थियो । यसअघि उनले ‘कुम्भकरण’, ‘पण्डित बाजेको लौरी’ र ‘रोल्पा रोग’ नामक सिनेमा निर्देशन गरिसकेका छन् ।