‘गुलाबी’ पोस्टर रिलिज, ‘ट्रान्सवुमन’को बने नाजिर हुसेन

‘गुलाबी’ पोस्टर रिलिज, ‘ट्रान्सवुमन’को बने नाजिर हुसेन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – समुन्द्र भट्ट निर्देशित सिनेमा ‘गुलाबी : एक रंग’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सिनेमामा अभिनेता नाजिर हुसेन पहिलो पटक ट्रान्सवुमन (पारलिंगी महिला)को भूमिका निर्वाह गरेका छन् ।

बिहीबार वसन्त पञ्चमीको अवसर पारेर सार्वजनिक गरिएको फस्र्टलुक पोस्टरमा उनी ट्रान्सवुमनको रुपमा चित्रित छन् । उनको लुक्सले दर्शकलाई ‘सरप्राइज’ बनाउन सक्छ । सिनेमामा नाजिर शिर्ष भुमिकामा छन् । ‘गुलाबी’मा सञ्चिता लुईटेल, सुशील सिटौला, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाको पनि अभिनय रहेको छ ।

सिनेमाको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसेनले सहकार्य गरेका छन् । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमामा आलोक शुक्लाको छायांकन र सम्राट बस्नेत द्वन्द्व निर्देशन रहेको छ । सार्वजनिक फस्र्टलुक पोस्टरमा प्रदर्शन मिति भने उल्लेख गरिएको छैन । यो सिनेमालाई अर्को वर्ष प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमको छ ।

सिनेमालाई अभिनेत्री सुहाना थापाको कम्पनी त्रिनेत्रम डिस्ट्रिब्युसनले वितरणको जिम्मा लिएको छ । क्यानडाको टोरन्टो सिनेमा स्कुलबाट निर्देशन पढेकी भट्ट केही वर्षको अन्तरालपछि निर्देशनमा फर्किएकी हुन् । उनले सलोन बस्नेत र रिस्ता बस्नेत अभिनित सिनेमा ‘आधा पेज’बाट निर्देशनमा डेब्यू गरेकी थिइन् ।