anmol jasita

आसिफ शाहले सिनेमा ‘शुभ विवाह’ निर्देशन गर्ने

आसिफ शाहले सिनेमा ‘शुभ विवाह’ निर्देशन गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आसिफ शाहको निर्देशनमा सिनेमा ‘शुभ विवाह’ निर्माण हुने भएको छ । निर्देशनमा डेब्यु गरेको १० वर्षपछि उनि दोस्रो सिनेमा निर्देशनमा अगाडी बढेका छन् ।

झन्डै १० वर्ष अगाडी आसिफले मल्टिस्टारर सिनेमा ‘कर्कस’बाट निर्देशकीय यात्रा थालनी गरेका थिए ।

जी-ट्वान्टीवान प्रोडक्सनले निर्माण गर्ने सिनेमाले विवाह संस्कृतिको कथामा व्यंग्य गर्नेछ । सिनेमामा आफिस आफैले मुख्य भूमिका निर्वाह गर्नेछन् । भने अन्य मुख्य कलाकारको रुपमा निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का हुने चर्चा छ । चाँडै निश्चल र स्वस्तिमा सिनेमामा अनुबन्धित हुनेछन ।

‘शुभ विवाह’ आगामी जेठदेखि छायांकनमा जानेछ ।

जी-ट्वान्टीवानले निर्माण गरेको ‘२ रुपैयाँ’ बक्सअफिसमा सुपरहिट भएको थियो । उक्त सिनेमामा आसिफ र निश्चलले मुख्य भूमिका निर्वाह गरेका थिए । भने स्वस्तिमाले ‘कुटुमा कुटु’ गीतमा कम्मर मर्काएकी थिइन् । नेपाली भिडियोको इतिहासमा युट्युबमा सर्वाधिक भ्युजको रेकर्ड होल्ड गरिरहेको गीतलाई १८ करोड भन्दा बढी पटक हेरिएको छ ।