अभिनेत्री जेविका कार्कीले गरिन इन्गेजमेन्ट, फागुनमा विवाह

अभिनेत्री जेविका कार्कीले गरिन इन्गेजमेन्ट, फागुनमा विवाह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री तथा मोडल जेविका कार्कीले इन्गेजमेन्ट गरेकी छन् ।

बुधबार उनले सिनेमा निर्माण नियन्त्रक मनोज जोशीसंग इन्गेजमेन्ट गरेकी हुन् । उनिहरु विगत चार वर्षदेखि प्रेममा थिए ।

पेप्सीकोलास्थित कार्कीको निवासमा सम्पन्न इन्गेजमेन्टमा नजिकका आफन्त र साथिभाइहरुको उपस्थिति थियो ।

जेविका र मनोजको विवाह फागुन ४ गतेलाई जुरेको छ । भने ७ गते रिसेप्सन पार्टीको आयोजना गरिएको छ ।

सन् २०१६ मा रिलिज सिनेमा ‘जन्मभूमि’बाट अभिनय यात्रा थालनी गरेकी जेविकाले ‘पर्व’, ‘कारखाना’ र ‘जयश्री दाम’मा अभिनय गरेकी छन् । उनि अभिनित पछिल्लो सिनेमा ‘हिजो आजका कुरा’ यसै साल रिलिज भएको थियो ।

यस्तै मनोजले ‘क्लासिक’, ‘पर्व’, ‘कृ’, ‘प्रसाद’, ‘गोर्खे’, ‘षट्कोण’ र ‘प्रकाश’ जस्ता सिनेमामा निर्माण नियन्त्रकको काम गरिसकेका छन् । जोशी म्युजिक भिडियोमापनि उतिक्कै सक्रिय छन् ।