शुक्रबारबाट सम्राज्ञी र जितु अभिनित ‘ह्यारीकी प्यारी’ रिलिज

शुक्रबारबाट सम्राज्ञी र जितु अभिनित ‘ह्यारीकी प्यारी’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट डा. कपिल रिजालको डेव्यु निर्देशकिय सिनेमा ‘ह्यारीकी प्यारी’ प्रदर्शनमा आएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपालको मुख्य भुमिका रहेको सिनेमाले केही दिन अघि राजधानीमा आयोजित प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएकाले पनि दर्शकको राम्रो साथ मिल्ने अपेक्षा निर्माण टिमलाई छ ।

उच्च प्रचार र सिनेमाका यसअघि सार्वजनिक सामाग्रीले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएकाले पनि ‘महापुरुष’पछि सुस्ताएको नेपाली सिनेमाको व्यापार चलायमान हुने आश सिनेमाकर्मीलाई छ । गत साता रिलिज भएको बलिउड सिनेमा ‘पठान’को दबदबाका बीच पनि ह्यारीकी प्यारीले मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म राम्रो स्थान पाएको छ ।

नेपाली सिनेमाकको अग्रीम टिकट बुकिङ भन्दा ‘डोर टु डोर’ सेल हुने भएकाले पनि ह्यारीकी प्यारीको अग्रीम टिकट बुकिङ देखिएको छैन् । दर्शक प्रतिक्रियाले सिनेमाको व्यापार बढ्ने विश्वास निर्माण टिमलाई छ । डेव्यु निर्देशक कपिल रिजाल पनि सिनेमालाई दर्शकबाट मिल्ने वर्डअफ माउथले हलसम्म ल्याउने बताउँछन् ।

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको सिनेमामा साम्राज्ञी र जितुका अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । सिनेमाको एक गीतमा अभिनेत्री रेखा थापा विशेष भूमिकामा प्रस्तुत छिन् ।

डाक्टर कपिल रिजालको प्रस्तुतिमा निर्माण भएको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन रहेको छ । दन्त चिकित्सक डाक्टर कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यू गर्दैछन् ।

सिनेमामा डाक्टर भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौलाको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । विजय बस्यालले पोस्टर डिजाइन गरेकको सिनेमाको पोष्ट प्रोडक्सनको सम्पुर्ण मुम्बईमा गरिएको हो ।