‘प्रेमा’ फस्टलुकमा सृष्टि र शुभेक्क्षासंग रोमान्टिक अरुण

‘प्रेमा’ फस्टलुकमा सृष्टि र शुभेक्क्षासंग रोमान्टिक अरुण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘रणवीर’ डेब्यु निर्देशक गोविन्द सिंह भण्डारी निर्देशित दोस्रो सिनेमा ‘प्रेमा’को फस्टलुक पोस्टर र रिलिज डेट सार्वजनिक गरिएको छ ।

चैत १७ मा रिलिज हुने सिनेमामा सृष्टि श्रेष्ठ, अरुण क्षेत्री, शुभेक्क्षा खड्काको मुख्य भूमिका छ । त्रिकोणात्मक प्रेमकथा बोल्ने सिनेमाको पोस्टरमा यी तीन कलाकार मात्र फिचर्ड छन् ।

‘महापुरुष’ डेब्यु अभिनेता अरुण सृष्टि र शुभेक्क्षासंग रोमान्टिक देखिएका छन् ।

निर्देशक भण्डारीकै लेखन रहेको सिनेमामा बिमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)कोपनि अभिनय छ ।

बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित सिनेमामा निर्देशक भण्डारी र लेखक तथा निर्देशक विवेक घिमिरेको लगानी रहेको छ ।

काठमाडौँ, कर्णाली र सुदुरपश्चिममा खिचिएको सिनेमामा महेश पौडेलको डिओपी, सुशान्त गौतमको संगीत र कृष्ण भण्डारीको सम्पादन छ ।