बलिउड अभिनेत्री मनिषादेखि राजेश हमालसम्मलाई मन पर्यो ‘ह्यारीकी प्यारी’

बलिउड अभिनेत्री मनिषादेखि राजेश हमालसम्मलाई मन पर्यो ‘ह्यारीकी प्यारी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार राजधानीको एक हलमा डा. कपिल रिजालको डेव्यु निर्देशकिय सिनेमा ‘ह्यारीकी प्यारी’को बिशेष शोकोे आयोजना गरिएको थियो ।

शुक्रबारबाटै प्रदर्शनमा आएको सिनेमाको बिशेष शो हेर्न नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइराला, महानायक राजेश हमाल, राप्रपा नेता तथा पूर्व पत्रकार रविन्द्र मिश्र, नेपालकी पहिलो अभिनेत्री भुवन चन्द, अभिनेत्री बसुन्धरा भुषाल, डा. सुरेन्द्र केसी, डाक्टर चन्दा कार्की, बैंकर अनिल केशरी शाह लगायत सिनेमा हेर्न हल पुगेका थिए ।

सिनेमा हेरेर निस्कँदै गर्दा बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपाली स्तर निकै बढेको भन्दै खुशी व्यक्त गरिन् । आगामी दिनमा आफुलाई पनि राम्रो कथाबाट अफर आएको खण्डमा नेपाली सिनेमामा काम गर्न तयार रहेको बताइन् । ‘डाक्टर भएर पनि उहाँको सिनेमाप्रतिको रुचि देखेर रमाइलो लाग्यो । उहाँलाई सोधेँ पनि । जेहास् फिल्म राम्रो छ,’ उनले भनिन् ।

श्रीमती मधु भट्टराईसँगै सिनेमा हेर्न पुगेका महानायक राजेश हमालले सिनेमालाई अनौठो र रोचक लभस्टोरीको रुपमा लिएको बताएका थिए । ‘सिनेमाको सुरुमा प्लट विकसित हुन समय लाग्छ । तर समातेपछि भने सिनेमा इन्टेन्स छ,’ उनले भने ।

हमालले भोला रिजालले बनाएका लगभग सबै सिनेमामा काम गरेकाले ह्यारीकी प्यारीमा कसरी छुटेँ भन्ने लागेको भन्दै सिनेमाभित्र राखिएको पोस्टरमै सही अटाएको उल्लेख गरेका थिए । सिनेमाभित्र राजेश हमाल अभिनित सिनेमा ‘एक नम्बरको पाखे’ र ‘साथी’को पोस्टर देखिन्छन् ।

निर्देशक डा. कपिल रिजालले पनि आफुले निर्माण गर्ने आगामी सिनेमामा महानायक हमालसँग सहकार्य हुन सक्ने बताए । यता बिशेष शोमा सिनेमा हेरेकी अभिनेत्री करिष्मा मानन्धरले पनि विषयवस्तु राम्रो लागेको भन्दै समग्रमा सिनेमा मनोरञ्जक रहेको प्रतिक्रिया दिइन् ।

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको सिनेमामा साम्राज्ञी र जितुका अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । सिनेमाको एक गीतमा अभिनेत्री रेखा थापा विशेष भूमिकामा प्रस्तुत छिन् ।

डाक्टर कपिल रिजालको प्रस्तुतिमा निर्माण भएको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन रहेको छ । दन्त चिकित्सक डाक्टर कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यू गर्दैछन् ।

सिनेमामा डाक्टर भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौलाको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । विजय बस्यालले पोस्टर डिजाइन गरेकको सिनेमाको पोष्ट प्रोडक्सनको सम्पुर्ण मुम्बईमा गरिएको हो ।

तस्वीर : सुरेन्द्र थापा