शोभितको ‘जय हो’मा केकीसँग जोडी बाँध्दै सलोन

शोभितको ‘जय हो’मा केकीसँग जोडी बाँध्दै सलोन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – टेक पौरखी राईको निर्देशनमा निर्माण हुने सिनेमा ‘जय हो’मा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छन् । सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेतले आइतबार आफ्नो जन्मदिनको अवसरमा केकीसँग लिखित सम्झौता गरेका हुन् ।

 

फागुन २५ गतेबाट फ्लोरमा जाने सिनेमा ‘जय हो’मा केकीको जोडी अभिनेता सलोन बस्नेतसँग बाँधिनेछ । सिनेमामा अर्पण थापा र माओत्से गुरुङको पनि मुख्य भूमिका रहनेछ । पर्यटकीय क्षेत्र मुस्ताङमा ९० प्रतिशत र पोखरामा १० प्रतिशत छायांकन हुने सिनेमाको कथा सुरेश न्यौपानेले तयार पारेका हुन् ।

कमेडी, एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको सिनेमालाई आगामी दशैं छेकोमा प्रदर्शन गर्ने योजनामा निर्माण टिम रहेको छ । सौरभ लामाले छायांकन गर्ने सिनेमामा शम्भुजित बाँस्कोटा र सागर आले मगरको गीतमा संगीत रहनेछ ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् । अधिकारी र सरकार जय हो विजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।