छुवाछूतविरुद्धको सिनेमा ‘नीरमाया’को विशेष प्रदर्शनी सम्पन्न

छुवाछूतविरुद्धको सिनेमा ‘नीरमाया’को विशेष प्रदर्शनी सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र विकास बोर्डको हलमा आइतबार सिनेमा ‘नीरमाया’को विशेष प्रदर्शनी गरिएको थियो । नेपाल स्रष्टा समाजले साहित्यकारका लागि प्रदर्शन गरिएको सिनेमामा जातीय विभेद, कुप्रथा र छुवाछूतका विषय उठान गरिएको छ ।

समतामूलक र सभ्य समाजको निर्माण, नैतिक सन्देश, फरक दृष्टिकोणको अन्त्य, उचनीचको फरक हटाउनुपर्नेजस्ता विषयलाई सिनेमामा देखाइएको छ । सिनेमा हेरेपछि कुरा गर्दै वरिष्ठ साहित्यकार तुलसी दिवस, नगेन्द्रराज शर्मा, राधेश्याम लेकाली, राजेन्द्र शलभ, पवन आलोक, श्रीओम श्रेष्ठ रोदन, दामोदर पुडासैनी, मधु पाठक लगायतले सिनेमाबारे सकरात्मक प्रतिक्रिया दिए ।

अनन्त तिमल्सिना प्रस्तुतकर्ता रहेको सिनेमालाई रमेश कोइरालाले निर्देशन गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् । रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, अनिता केसी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतका कलाकारले सिनेमामा अभिनय छ ।

रामकुमार केसीको कथा र अजित लामिछानेको लेखका हुन् । रवि कोइराला र जीवन पराजुलीले छायांकन गरेको सिनेमाको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् भने सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द्व, कमल अधिकारी, रिमेश कुमारको संगीत छ । विनयराज पौडेल मुख्य सहायक निर्देशन रहेको सिनेमाको छायांकन सिन्धुली, काभ्रे र रामेछापमा गरिएको हो ।