सुरक्षा र नरेनको ‘बुलाकी’ नयाँ वर्षमा रिलिज हुने

सुरक्षा र नरेनको ‘बुलाकी’ नयाँ वर्षमा रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुरक्षा पन्त र नरेन खड्का अभिनित सिनेमा ‘बुलाकी’ २०८० सालको बैशाख १ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले सिनेमाको नयाँ पोस्टरसहितको नयाँ रिलिज डेट तय गरेको हो । लक्ष्मण सुनार निर्देशित सिनेमाले कर्णालीको जनजीवन र जारी प्रथाको कथा पेस गर्छ ।

फस्टलुकसंगै दर्शकको ध्यान केन्द्रित गरेको सिनेमामा सुरक्षा र नरेनसंगै बिराज बिष्ट, रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशील पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाई, सरस्वती खत्रीलगायतका कलाकारहरुको अभिनय छ ।

शिव ढकालको छायांकन रहेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

डोल्पा, जाजरकोट र रुकुम पश्चिमका रमणीय स्थानहरुमा छायांकन गरिएको सिनेमामा निर्देशक सुनार, कलाकार बिराज, राजबहादुर साने र निर्माण पौडेलको लेखन रहेको छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको सिनेमालाई उपत्यकामा सुनीलकुमार थापाको कम्पनी त्रिनेत्रमले वितरण गर्नेछ । भने मोफसल जिम्मा एफडीले पाएको छ ।

माघ २७ मा निर्माण पक्षले सिनेमाको टिजर सार्वजनिक गर्ने बताएको छ । यसको डिजिटल राइट म्युजिक डटकमले खरिद गरेको छ ।