पूर्वी पहाडी जिल्लामा ‘घुम्ती सिनेमा अभियान’ सम्पन्न

पूर्वी पहाडी जिल्लामा ‘घुम्ती सिनेमा अभियान’ सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पूर्वी नेपालका पहाडी र हिमाली जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान सन्चालन गरिएको छ ।

यो कार्यक्रम नेपाल सरकारको चालु आर्थिक वर्ष २०७९।८० को स्वीकृत ‘घुम्ती सिनेमा वा क्लबमार्फत शैक्षिक संस्थाहरुमा समेत गरी सातै प्रदेशमा सिनेमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने’ अन्तर्गत रहेको छ ।

माघ १२ देखि १८ गतेसम्म चलचित्र भवनहरुको सुविधा नभएका क्षेत्रमा खुल्ला स्थानलाई अस्थायी सिनेमा हलको स्वरुपमा ढालेर सिनेमा देखाइएको थियो ।

ति कार्यक्रममा स्थानीय शिक्षक, विद्यार्थी, तथा अभिभावकको बाक्लो उपस्थिति रहेको थियो । भने स्थानीयवासी, समाजसेवी, जनप्रतिनिधिहरु, व्यसायी, राष्ट्रसेवक कर्मचारीहरुपनि उपस्थित भएका थिए । कार्यक्रममा सिनेमाको बारेमा जागरण ल्याउन र चलचित्र हेर्न प्रोत्साहन गर्नेलगायतका विषयमा छलफलपनि चलाइएको थियो ।

गाउँपालिका र नगरपालिकाका प्रमुखहरुको प्रमुख आतिथ्यतामा र चलचित्र विकास बोर्डका अधिकृत श्री हरिसिंह रैखोलाको अध्यक्षतामा सम्पन्न अभियानमा ‘अग्नीदहन’ का निर्माता कोविदशरण उपाध्याय र स्थानीय सहजकर्ता तथा लिम्बु चलचित्रकर्मी संघका अध्यक्ष एवं चलचित्र विकास बोर्ड अन्तर्गत रहेको आदिवासी जनजाति, मातृभाषी प्रवर्द्धन समितिका पूर्व संयोजक सूर्यप्रकाश चेम्जोङ्ग अभियानका बारेमा प्रकाश पारेका थिए ।

सातै प्रदेशमा चलचित्र घरहरु नभएका स्थानिय निकाय, वडा, गाँउपालिका, नगरपालिका, टोल बस्तीहरुमा राष्ट्रियता माथी निर्माण बिशेष प्रकारका चलचित्रहरु घुम्ती सिनेमा मार्फत स्कूल, कलेज तथा समुदायहरु प्रदर्शन गरी स्वदेशी चलचित्र क्षेत्रको विकास, विस्तार र सम्वर्द्धन गर्ने कार्यक्रम अन्तर्गत घुम्ती सिनेमा संचालन गरिएको हो ।

इलामको सन्दकपुर गाउँपालिका, पाँचथरको फाल्गुनन्द गाउँपालिका र ताप्लेजुङको फुङलिङ नगरपालिकाका बिभिन्न स्थानहरुमा नेपाली सिनेमा ‘अग्निदहन’, ‘कृ’ र ‘क्याप्टेन’ प्रदर्शन गरिएका थिए ।