‘ह्रस्व दीर्घ’ छायांकन सेटबाट ब्रह्मानन्दम, अलि र रविन्द्रको लूक्स आउट

‘ह्रस्व दीर्घ’ छायांकन सेटबाट ब्रह्मानन्दम, अलि र रविन्द्रको लूक्स आउट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – थुप्रै नेपाली कलाकार र भारतीय कलाकारहरुको साथमा यतिबेला भारतको हैदराबादस्थित रामोजी फिल्म स्टुडियोमा सिनेमा ‘ह्रस्व दीर्घ’को धमाधम छायांकन भैरहेको छ ।

द्वन्द्व निर्देशक चन्द्र पन्तको डेब्यु निर्देशनमा छायांकन भैरहेको सिनेमाको सेटबाट मुख्य कलाकारको लूक्स बाहिरिएको छ । उक्त तस्विरमा साउथका भेट्रान कलाकार ब्रह्मानन्दम, महम्मद अलि र नेपाली कलाकार रविन्द्र झा छन् ।

धोति-कुर्ता र ढाका टोपीमामा देखिएका ब्रह्मानन्दनले सेतो चन्दनको टिका र कालो चस्मा लगाएका छन् । उनको यो क्यारेक्टर लूक्स हो । यस्तै अलि राजस्थानी पहिरणमा छन् । भने रविन्द्रलाई धोति-कुर्ता, गम्छा र सेतो चन्दन टिकामा देख्न सकिन्छ । रुद्राक्षको मालापनि लगाएका उनि पण्डितको भूमिकामा हुन सक्छन ।

संसारकै ठुलो फिल्म स्टुडियो रामोजीमा १२ दिन छायांकन गरेपछि लोकेशन परिवर्तन हुनेछ । त्यसपछिको लोकेशन ताजमहल (आग्रा) र नेपाल हुनेछन ।

नीता फिल्म्सको व्यानरमा निर्माण भैरहेको सिनेमामा साउथका सुनिल वर्मा र प्रदीपराज रावतको पनि अभिनय रहनेछ ।

यस्तै नेपाली कलाकार तर्फ नीतासंगै सरोज खनाल, हरिहर अधिकारी, विपना थापा, रविन्द्र झा, नरेन खड्का, आदर्श मिश्र, गरिमा शर्मा, लक्ष्मी पौडेल, वसिम राजालगायतका कलाकारहरुको अभिनय रहनेछ ।

नेपाली र हिन्दी भाषामा बन्ने सिनेमालाई बलिउडका नामी छायांकार कवीरलालले खिचिरहेका छन् ।