बोर्ड सल्लाहकार समितिका संयोजक निर शाहले दिए राजीनामा

बोर्ड सल्लाहकार समितिका संयोजक निर शाहले दिए राजीनामा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र बिकास बोर्डको सल्लाहकार समितिका संयोजक निर शाहसहित दुई सदस्यले राजीनामा दिएका छन् ।

बोर्डका सदस्य सचिव तथा संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टंकबहादुर महतले दिएको जानकारी अनुसार बुधबार बेलुका संयोजक शाह र सदस्य सुशान्तकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।

शाहले सक्रिय भूमिका निर्वाह गर्न नसकिएको भन्दै राजीनामा पत्र दिएको सदस्य सचिव महतले बताएका छन् ।

यस्तै माघ २० मा रविन्द्र खड्कालेपनि बोर्डको सल्लाहकार समितिबाट राजीनामा दिएका थिए ।