धिरज, सुहाना र विपिनले सुरु गरे ‘भगवत् गीता’को छायांकन

धिरज, सुहाना र विपिनले सुरु गरे ‘भगवत् गीता’को छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – विपिन कार्की, धिरज मगर र सुहाना थापाको मुख्य भूमिका रहने सिनेमा ‘भगवत् गीता’को छायांकन सुरु भएको छ ।

झरना थापाले निर्देशन गर्ने सिनेमा छायांकनमा जान लामो समय लाग्यो । अन्तत: शुक्रबार जनकपुरधामको राम मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गरेपछि निर्माण पक्षले छायांकन सुरु गर्यो ।

जनकपुरपछि सिनेमाको बाँकी छायांकन काठमाडौँ र मनाङमा गरिनेछ । जनकपुरमा लामो समय लगाएर क्लाइमेक्स र अन्य दृश्य खिचिने बताइएको छ ।

प्रेमकथामा आधारित रहने सिनेमामा धिरज र सुहानाको जोडी बाँधिनेछ । पहिलो पटक स्क्रिन शेयर गर्न लागेको यो जोडीलाई लिएर दर्शक उत्साहित छन् ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा सुनिल कुमार थापाको निर्माण रहनेछ ।

संजय लामाले खिच्ने सिनेमामा प्रवेश मल्लिकको ब्याकग्राउन्ड स्कोर, रामजी लामिछानेको कोरियोग्राफी, काव्या थापाको शृंगार र शाहील खानको सम्पादन रहनेछ ।

त्रिनेत्रम डिष्ट्रिब्युसनले उपत्यका बाहिर र काव्या फिल्म्सले काठमाडौंमा यो सिनेमा वितरण गर्ने छन् ।

निर्देशक थापाले यसअघि ‘ए मेरो हजुर २’, ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ निर्देशन गरिसकेकी छन् ।