चैत्र ३ गते रिलिज हुने सिनेमा ‘हुक्का’को पोस्टर सार्वजनिक

चैत्र ३ गते रिलिज हुने सिनेमा ‘हुक्का’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘हुक्का’को पोस्टर सार्वजनिक गर्दै आगामी चैत ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । अंग्रेजी नाम ‘एन अब्जर्ड ड्रिम’ राखिएको सिनेमाको फर्स्टलुक पोस्टरमा अभिनेत्री प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरी फिचर्ड छन् ।

स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्यमा निर्माण भएको सिनेमालाई शम्भु थापाले निर्देशन गरेका हुन् । सिनेमामा प्रमिला, प्रकाश र तेजका अलवा अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिसा विक र सन्तोष कुमार आत्रेयको पनि अभिनय रहेको छ ।

प्रयत्न श्रेष्ठको शब्द तथा संगीत, युजिन राई र संगीतकार श्रेष्ठको स्वर, सन्तोषकुमार आत्रेयको कथा, लेखक आत्रेय र भगवान पौडेलको पटकथा तथा संवाद, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।

सिनेमामा श्याम लामाको श्रृंगार, भीम श्रेष्ठको भेषभुषा, शेरमान जिसीको निर्माण नियन्त्रण, गोरे याङदेनको सहायक छायांकन, भुपेन्द्र ढकालको कला, भुपेन्द्र ढकाल, सागर गोदार क्षेत्री र सुयोग आत्रेयको सहायक निर्देशन, भगवान पौडेल (मीठो कम्पन) को मुख्य सहायक निर्देशन, सन्जीव शाहको पाश्र्व ध्वनि, उत्तम न्यौपाने क्यासको ध्वनी मिश्रण छ ।