‘कामिनो’मा प्रदीपको जोडी वर्षा

‘कामिनो’मा प्रदीपको जोडी वर्षा

द सिनेमा टाइम्स

द सिनेमा टाइम्स, काठमाडौं – प्रदीप खड्का स्टारर सिनेमा ‘कामिनो’मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् ।

शुक्रबार सामाजिक संजाल मार्फत वर्षाले आफु सिनेमामा जोडिएको जानकारी दिएकी हुन् । सिवाकोटीले आफ्नो फोटोसहितको व्यानर पोस्ट गर्दै लेख्छिन, ‘कामिनो समूहसंग जोडिन पाउँदा रोमाञ्चित भएकी छु । यो अद्भुत यात्रामा अघि बढ्दै । धन्यवाद समूह कामिनो ।’

दीपक वलीले निर्देशन गर्ने सिनेमामा यसअघि नै प्रदीप मुख्य भूमिकामा फाइनल भएका थिए । वर्षा र प्रदीपको फिचर सिनेमामा यो पहिलो सहकार्य हो ।

वर्षा र पुष्प खड्का अभिनित सिनेमा ‘मनसंग मन’ शुक्रबारैबाट सार्वजनिक प्रदर्शनमा आएको छ । नयाँ सिनेमा हलमा लाग्नु र नयाँ सिनेमामा जोडिनुले वर्षाको लागि शुक्रबार विशेष रह्यो ।

संयुक्त राज्य अमेरिकासम्म छिर्न मेक्सिकोहुँदै जोखिमपूर्ण पैदल यात्रा गर्नेहरुको कथामा बन्ने ‘कामिनो’को कथा महेश दवाडीले लेखिरहेका छन् ।

हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा निर्माण हुने सिनेमामा सौरभ लामाको छायांकन, एसडी योगी, एलिस कार्कीको संगीत र सम्राट बस्नेतको द्वन्द्व रहनेछ ।

चैत तेस्रो सातादेखि छायांकनमा जाने सिनेमामा सुनिल विष्ट गौलीको कार्यकारी निर्माण र एक्सेस नेपाल फिल्मस्को निर्माण रहनेछ ।