९ वर्षपछि कमब्याक गर्दै राजबल्लभ, ‘कामिनो’मा अनुबन्धित

९ वर्षपछि कमब्याक गर्दै राजबल्लभ, ‘कामिनो’मा अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता राज बल्लभ कोइरालाले ९ वर्षपछि नेपाली सिनेमामा कमब्याक गर्ने भएका छन् ।

कुनै समयका व्यस्त एवं लोकप्रिय अभिनेता कोइरालाले प्रदीप खड्का स्टारर सिनेमा ‘कामिनो’बाट कमब्याक गर्न लागेका हुन् । उनि पछिल्लो पटक २०७० सालमा रिलिज सिनेमा ‘ऋतु’मा देखिएका थिए ।

त्यसयता अमेरिकामा रहेका कोइरालाको ९ वर्षको अन्तरालपछि नेपाली सिनेमामा अभिनय गर्ने मौका जुरेको हो । निर्माण पक्षले दिएको जानकारी अनुसार कोइराला नेपाल भने आउने छैनन् । उनको दृश्य अमेरिका मै छायांकन गरिनेछ ।

राज बल्लभ आफु चित्रित सिनेमाको व्यानर पोस्टर फेसबुकमा पोस्ट गर्दै लेख्छन, ‘दाई नेपाली चलचित्रमा फेरी कहिले आउनु हुन्छ? यो बर्ष, ‘कामिनो’संगै ।’ राजको कमब्याक हुने खबरले उनका फ्यान उत्साहित भएका छन् ।

गोपीकृष्ण मुभिजको सुपरहिट सिनेमा ‘पर्खि बसे’बाट अभिनय यात्रा थालनी गरेका राजले ‘छोडी गए पाप लाग्ला’, ‘स्वर’, ‘मसान’, ‘अपवाद’, ‘छ एकान छ’, ‘सम्झना’, ‘हाँसीदेउ एकफेर’, ‘कसम हजुरको’, ‘किन लाग्छ माया’लगायतका सिनेमामा अभिनय गरेका छन् ।

आर्यन सिग्देल, जीवन लुइँटेल र सुमन सिंहको समयका चल्तीका अभिनेता राज बल्लभ अभिनय र आवरणमा उत्कृष्ट मानिन्थ्ये ।

अमेरिका छिर्न जोखिमपूर्ण यात्रा गर्नेहरुको कथामा निर्माण हुने ‘कामिनो’मा प्रदीप र राज बल्लभसंगै वर्षा सिवाकोटीकोपनि मुख्य भूमिका रहनेछ ।

महेश दवाडीको लेखन रहने सिनेमामा सौरभ लामाको छायांकन, एसडी योगी, एलिस कार्कीको संगीत र सम्राट बस्नेतको द्वन्द्व रहनेछ ।

चैत तेस्रो सातादेखि छायांकनमा जाने सिनेमालाई नेपालीसंगै हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा निर्माण गरिनेछ ।

दीपक वलीले निर्देशन गर्ने सिनेमामा सुनिल विष्ट गौलीको कार्यकारी निर्माण र एक्सेस नेपाल फिल्मस्को निर्माण रहनेछ ।