चैत्र २४ मा सुरक्षा पन्त अभिनित ‘बहाव’ रिलिज घोषणा

चैत्र २४ मा सुरक्षा पन्त अभिनित ‘बहाव’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री सुरक्षा पन्तको मुख्य भुमिका रहेको सिनेमा ‘बहाव’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको सिनेमाको पोस्टरमा सुँगासहितको पिंजडालाई हातमा लिएकी सुरक्षालाई चित्रण गरिएको छ ।

सार्वजनिक पोस्टरमा सुरक्षाले पृष्ठभूमिमा देखिएको ऐनामा नहेरी हातमा रहेको पिंजडाभित्रको सुँगामा आफ्नो प्रतिबिम्ब खोजिरहेको बुझ्न सकिने निर्देशक कँडेल बताउँछन् । सिनेमाको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’मा आधारित छ ।

निर्देशक कँडेलले ‘बहाव’ नयाँ चीजको खोजीमा भइरहेको अवस्थाको विद्रोह रहेको बताए । उनले सुरक्षामार्फत सिनेमाको थिमलाई प्रस्तुत गरिएको जानकारी दिए । अभिनेत्री पन्तले जिज्ञासाका साथ जीवन जिउने व्यक्ति विभिन्न उतार-चढावका परिस्थितिबाट गुज्रिएको अवस्थामा अघि बढ्दा आउने हलचललाई कसरी सन्तुलित रुपमा अगाडि बढाउन सकिन्छ भन्ने कथा सिनेमाले प्रस्तुत गर्ने बताउँछिन् ।

सिनेमाका निर्माता श्रीधर पौडेल हुन् । निर्मातता पौडेलले आफ्नो स्वतन्त्रता आफैंमा कैद गर्नेहरुका लागि मार्गप्रशस्त गर्ने कथा ‘बहाव’मा रहेको बताए । सिनेमामा सुरक्षाका अलवा कमलमणी नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतको अभिनय छ ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको सिनेमा आगामी चैत २४ गते रिलिज हुँदैछ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत तथा कार्तिकेय स्मिता कर्नाटकको छायांकन छ । सिनेमालाई आरआर फिल्म्सले वितरण गर्दैछ ।