प्रदीप स्टारर ‘कामिनो’मा नीति शाह अनुबन्धित

प्रदीप स्टारर ‘कामिनो’मा नीति शाह अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दीपक वलीको निर्देशनमा निर्माण हुने सिनेमा ‘कामिनो’मा नीति शाह अनुबन्धित भएकी छन् । निर्माण टिम र नीतिबीच बुधबार औपचारिक रुपमा लिखित सम्झौता भएको हो । केही चरणको छलफलमा टिम, स्क्रिप्ट र चरित्र मन परेपछि उनले सिनेमा साइन गरेको उल्लेख गरेकी छन् ।

सिनेमामा नीतिको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिनेछ । यसअघि उनीहरुले केही विज्ञापनमा एकसाथ काम गरेका थिए । उनले दुई वर्ष अगाडी ‘हुतुतु’ र गत साउनमा ‘एक्स ९’ मा अभिनय गर्ने सम्झौता गरेकी थिइन् । ‘हुतुतु’ निर्माण हुने वा नहुने अन्योल छ भने ‘एक्स ९’ अर्को वर्षबाट फ्लोरमा जाने जानकारी निर्माण टिमले दिएको छ ।

‘कामिनो’मा प्रदीप र नीतिका अलवा वर्षा सिवाकोटी र राजबल्लभ कोइराला पनि फाइनल भैसकेका छन् । सिनेमामा स्टारकास्ट बलियो देखिएको छ । जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामाथि निर्माण हुन लागेको सिनेमाको छायांकन आगामी चैतबाट सुरु हुनेछ । सुनिल विष्ट गौली कार्यकारी निर्माता रहेको सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

सौरभ लामाको छायांकन, एसडि योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहने सिनेमामा पूर्ण लामा क्रियटिभ डिरेक्टर र दिनेश प्रकाश महरा प्रोडक्शन डिजाइनरमा छन् । नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस गरी ४ भाषामा रिलिज गर्ने तयारी भैरहेको सिनेमाका लागि अन्य कलाकार छनोटको चरणमा रहेको निर्देशक वलीले बताए ।