मिथिला अभिनित ‘बाटो’को छायांकन सम्पन्न

मिथिला अभिनित ‘बाटो’को छायांकन सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रोड थ्रिलर जनरामा निर्माण भैरहेको सिनेमा ‘बाटो’को इन्ड क्ल्याप गरिएको छ । जेठ २९ देखि छायांकन सुरु गरिएको सिनेमाको बिभिन्न चरण गरेर फागुन १ मा छायांकन सकाइएको हो ।

काठमाडौं र उदयपुरको गाईघाटमा छायांकन गरिएको सिनेमाको अन्तिम दृश्य कालोपुलस्थित एक घरमा खिचियो । मदन थापाको लेखन र निर्देशनमा निर्माण भैरहेको सिनेमामा शरण ऋसीको छायांकन छ । उनलाई चेन्नईबाट नेपाल झिकाइएको निर्माण पक्षले जानकारी दिएको छ ।

काठमाडौं फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको सिनेमामा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकारलगायतका कलाकारहरुको अभिनय छ ।

चन्दन झाको लगानी रहने सिनेमाको सम्पूर्ण पोष्ट प्रोडक्सनको कार्य मुम्बईमा गरिनेछ । सिनेमा नेपालीसहित हिन्दी, तेलूगु, मलयालम, र अंग्रेजी भाषामा निर्माण गरिने निर्माता झाले जानकारी दिएका छन् । उनि काठमाडौं फिल्म्सका फाउन्डरपनि हुन् ।