सिनेमा खेल्दै गायिका दिक्षिता, स्वप्नसंग जोडी बाँधिने

सिनेमा खेल्दै गायिका दिक्षिता, स्वप्नसंग जोडी बाँधिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दिनेश राउतको अनटाइटल प्रोजेक्टमा गायिका दिक्षिता कार्की अनुबन्धित भएकी छन् ।

‘युट्युब सेन्सेसन’ कार्की युवापुस्ता माँझ लोकप्रिय छिन । उनि संगीतकार तथा चर्चित भ्लगर चेतन कार्कीकी छोरी हुन् ।

लभस्टोरी जनराको यस सिनेमामा गायक स्वप्न सुमन यसअघि नै फाइनल भैसकेका थिए । सिनेमामा अब स्वप्न र दिक्षिताको जोडी बाँधिनेछ । अंग्रेजी गीत गाएर चर्चामा आएकी दिक्षिताका ‘तिमि र म’, ‘जीवन’ जस्ता गीत लोकप्रिय छन् । सानै उमेरदेखि दर्शक माझ चिनिएकी दिक्षिता भर्खर १८ वर्ष पुरा भएकी छन् ।

स्वप्न र दिक्षिता सिनेमाको पात्रमा सुहाउने भएकाले यो जोडी बाँधिएको निर्देशक राउतले जानकारी दिएका छन् । शहर केन्द्रित विषयबस्तुमा निर्माण हुने सिनेमाले शहरी सभ्यताभित्रको ढोंग र प्रेमको कथा भन्नेछ ।

बिकास सुवेदीले यतिबेला सिनेमाको पटकथा लेखिरहेका छन् । सम्पूर्ण छायांकन काठमाडौंको गरिने सिनेमा बैशाखदेखि फ्लोरमा जाने तयारीमा छ ।

मल्टीमेटको व्यानरमा निर्माण हुने सिनेमालाई आगामी बडा दशैँमा प्रदर्शन लक्ष्य राखिएको छ । जीवन थापा कार्यकारी निर्माता रहने सिनेमामा कमल बहादुर आले, राजन कुँवर र ज्ञान थापाको निर्माण रहनेछ ।