प्रिमियरमा उम्दा प्रतिक्रिया पाएको ‘फूलबारी’ हलमा रिलिज

प्रिमियरमा उम्दा प्रतिक्रिया पाएको ‘फूलबारी’ हलमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महाशिवरात्रीको छेको पारेर शुक्रबारदेखि नेपाली सिनेमा ‘फूलबारी’ सार्वजनिक प्रदर्शनमा आएको छ ।

पारिवारिक कथामा निर्माण भएको सिनेमामा चर्चित कलाकारहरुले अभिनय गरेका छन् । विपिन कार्की र अरुणा कार्कीले मुख्य भूमिका निर्वाह गरेको सिनेमामा दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतको अभिनय देख्न सकिनेछ ।

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको सिनेमाले बिहिबार बेलुका सम्पन्न प्रिमियरमा उम्दा प्रतिक्रिया पाएको छ । सिनेमा हेर्ने जतिले यसलाई वर्षकै उत्कृष्ट मध्येको एक भनेका छन् । प्रिमियरपछि सिनेकर्मी र पत्रकारले उत्कृष्ट सिनेमा हेर्न पाएको प्रतिक्रियाहरु सामाजिक संजालमा पोस्ट गरेका छन् ।

आजबाट प्रदर्शनमा आएको सिनेमालाई बलियो ‘वर्ड अफ माउथ’ प्राप्त हुने देखिएको छ ।

उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कन्सेप्टमा निर्मित सिनेमामा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।