anmol jasita

चैत्र १० गतेबाट रिलिज हुने ‘ए साथी सुन’को पोस्टर सार्वजनिक

चैत्र १० गतेबाट रिलिज हुने ‘ए साथी सुन’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको सिनेमा ‘ए साथी सुन’को फर्स्लुक पोस्टरसहित प्रदर्शन मिति घोषणा गरेको छ । सिनेमाका सार्वजनिक दुई पोस्टरमा मुख्य कलाकारहरु वर्षा शिवाकोटी र डेब्यु कलाकार रमेश बानियाँ फिचर्ड छन् ।

लभस्टोरी, थ्रीलर र कमेडी जानराको सिनेमामा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा सिनेमामा अभिनय गरेका छन् । जयनन्द लामा अभिनित अन्तिम सिनेमा ‘ए साथी सुन’ आगामी चैत १० गते रिलिज हुनेछ ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको सिनेमालाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको सह-निर्मातामा सुदीप पौडेल छन् । सिनेमालाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो ।