अर्जुन कुमारको ‘फाटेको जुत्ता खै’ तिहारमा रिलिज हुने

अर्जुन कुमारको ‘फाटेको जुत्ता खै’ तिहारमा रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता अर्जुन कुमारले साता अगाडी मात्रै दुबईमा सम्पन्न ‘नेपाल फिल्म फेस्ट २०२३’मा आफुले ‘फाटेको जुत्ता खै’ नामक सिनेमा बनाउने घोषणा गरेका थिए ।

छायांकन सुरु नहुँदै उनले अब रिलिज डेटपनि घोषणा गरेका छन् । सौगात मल्ल र ऋचा शर्माको प्रमुख भूमिका रहने सिनेमाको लागि अर्जुनले आगामी तिहारको डेट बुक गरेका हुन् । काग तिहारको अघिल्लो दिन कार्तिक २४ मा सिनेमा प्रदर्शन हुनेछ ।

सिनेमा लगानीमा अर्जुनसंगै गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष ठाकुरप्रसाद ढुंगाना र अर्का व्यवसायी धर्मराज अधिकारीले सहकार्य गर्नेछन् । एनआरएनएसँगको सहकार्यले नेपाली सिनेमाको अन्तर्राष्ट्रियकरणको ढोका खुलेको अर्जुनले बताएका छन् ।

२ करोड बजेटमा निर्माण हुने सिनेमालाई निकेश खड्काले निर्देशन गर्नेछन् । निकेशले यसअघि अर्जुन निर्माता रहेको ‘फाटेको जुत्ता’पनि निर्देशन गरेका थिए । तर ‘फाटेको जुत्ता खै’ सिक्वेल नरहेको अर्जुन बताउछन ।

बैशाखदेखि नवलपरासीको त्रिवेणीबाट छायांकन सुरु हुने सिनेमामा आकाश बरालको पटकथा र प्रवेश मलिकको संगीत रहनेछ ।

अर्जुन कुमार फिल्म्स प्रालिको व्यानरमा निर्माण हुने सिनेमाको औपचारिक घोषणा कार्यक्रम चाँडै आयोजना गरिने बताइएको छ ।

निर्माता अर्जुनले यसअघि ‘फाटेको जुत्ता’संगै ‘चपली हाइट ३’, ‘चपली हाइट २’, ‘फिटकिरी’ र ‘चपली हाइट’ निर्माण गरिसकेका छन् ।