anmol jasita

अस्ट्रेलियामा प्रदर्शन हुँदै ‘फूलबारी’

अस्ट्रेलियामा प्रदर्शन हुँदै ‘फूलबारी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘फूलबारी’ अब अस्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ ।

यो सिनेमालाई नेपोज एजुकेशन एण्ड भिसा सर्भिसेस र एस पिपुल एण्ड भिसा सर्भिसेसले अस्ट्रेलियाका बिभिन्न शहरमा प्रदर्शन गर्न लागेको हो ।

विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की र दयाहाङ राईको प्रमुख भूमिका रहेको सिनेमाले नेपालमा राम्रो व्यापार गरिरहेको छ । दर्शकले यसलाई वर्षको उत्कृष्ट मध्येको एक सिनेमा भन्दै प्रशंसा गरिरहेका छन् ।

नेपालको राम्रो व्यापार र चर्चाले सिनेमाको अस्ट्रेलिया प्रदर्शनपनि सफल हुने वितरकको विश्वास छ ।

‘फूलबारी’ फेब्रुअरी २० र २२ तारिखमा डार्बिन र २२ तारिखमा एडिलेड/मेलबर्न देखाइने छ । यस्तै २५ र २६ तारिखमा सिड्नीस्थित बैक्स टाउनमा रहेको होयस्त सिनेमा हलमा ‘फूलबारी’ प्रदर्शन गरिने वितरक रोशन भट्टराई र विनोद पौडेलले जानकारी दिए ।

रामबाबु गुरुङले निर्देशन गरेको सिनेमा त्यसपछि तस्मानिया, ब्रिसबेन र पर्थ जस्ता ठुला शहरमा प्रदर्शन गरिने बताइएको छ ।

पारिवारिक कथामा निर्माण भएको ‘फूलबारी’मा गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतको पनि कलाकारको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कन्सेप्टमा निर्मित सिनेमामा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।