anmol jasita

‘फूलबारी’को नयाँ गीत रिलिज, चौथों दिनपनि स्थिर रह्यो व्यापार

‘फूलबारी’को नयाँ गीत रिलिज, चौथों दिनपनि स्थिर रह्यो व्यापार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स,काठमाडौं – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘फूलबारी’को नयाँ गीत ‘रंग रसिलो’ गीत सार्वजनिक भएको छ ।

सिनेमा रिलिजपछि सार्वजनिक गरिएको गीतको भिडियोले सन्तानप्रतिको अभिभावकको प्रेम बोल्छ । गीतमा विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, अनुपम शर्मा, मनिष ढकाललगायतका कलाकारहरु फिचर्ड छन् ।

हर्क साउदको शब्द रचना रहेको गीतमा सुशान्त गौतमको स्वर/संगीत छ । भने रत्न बिके बाँसुरीको धून दिएका छन् ।

रामबाबु गुरुङले निर्देशन गरेको सिनेमाले प्रदर्शनको चौथों दिनसम्मपनि दर्शक साथ पाइरहेको छ । मंगलबारको गैर छुट्टीमा केहि हलमा शो हाउसफुल नजिक पुगेका छन् । भने केहि हल हाउसफुल भए । विकेन्डको तुलनामा यसलाई स्थिर मान्न सकिन्छ ।

सोमबारदेखि बिहिबारसम्म प्राय सिनेमाको व्यापारमा उल्लेख्य गिरावट आउने गर्छ । तर ‘फूलबारी’को व्यापार विकेन्डको भन्दा केहि कम भएपनि भारी गिरावट भने आएको छैन । यसलाई ‘वर्ड अफ माउथ’को सकारात्मक प्रभाव मान्न सकिन्छ ।

बुधबार परेको ग्याल्पो ल्होसारको विदामा सिनेमाले अझ राम्रो व्यापार गर्ने संकेत देखाएको छ । बुधबारका लागि सिडिसी सिनेमाले २, बिग मुभिजले १, बिएसआर मुभिजले १ शो थपेका छन् । यस्तै शनिबार क्युएफएक्सले १०, एफक्युबले ३, बिएसआर मुभिजले २, वान सिनेमाजले २ र सिनेप्लेक्स मुभिजले १ शो थप गरेका थिए । जुन शो बुधबारका लागि लगभग यथावत छन् ।

पारिवारिक कथामा बनेको सिनेमालाई दर्शकले अत्याधिक रुचाएका छन् । यसले बच्चादेखि बृद्धसम्मलाई हलमा खिच्न सफल भएको छ ।

सिनेमामा गौमाया गुरुङ, शिल्पा मास्के, सोमनाथ खनाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कन्सेप्टमा निर्मित सिनेमामा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।