दीपेन्द्र लामाको ‘नांगो गाउँ’मा साम्राज्ञी र कार्म अनुबन्धित

दीपेन्द्र लामाको ‘नांगो गाउँ’मा साम्राज्ञी र कार्म अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने सिनेमा ‘नांगो गाउँ’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता कार्म अनुबन्धित भएका छन् । उनीहरुसँग निर्माण पक्षले सोमबार औपचारिक रुपमा लिखित संझौता गरेको हो ।

सिनेमामा आफूहरुको भूमिका निकै मन परेकाले सिनेमामा काम गर्न तयार भएको बताएका छन् । नेपाली सिनेमा क्षेत्रका यी दुई चर्चित कलाकारले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । सिनेमामा यसअघि नै दयाहाङ राई र मिरुना मगर फाइनल भैसकेका थिए । योसँगै निर्माणपक्षले कलाकारको लाइनअप पुरा गरेको हो ।

आलोक शुक्लाको छायांकन रहने सिनेमामा शिशिर वाङ्देल, रविन्द्र झा, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकार पनि अभिनय रहनेछ । मनिष्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको सिनेमाको छायांकन फागुनको अन्तिम साताबाट सुरु हुनेछ । सिनेमालाई काभ्रेमा खिचिनेछ । सिनेमामा हिमाल शर्माको लगानी छ ।

निर्देशक लामाले भने–‘मलाई साम्राज्ञी र कार्मसँग पहिलेदेखि नै काम गर्ने रहर थियो । नांगो गाउँमा भूमिका पनि दुबैलाई सुहाउने भएपछि सहकार्य गर्ने अवसर मिलेको छ ।’ निर्देशकीय हिसाबले लामाको पाँचौ सिनेमा हो । निर्देशक लामाले यसअघि उनले ‘घामपानी, गोपि, छ माया छपक्कै र २ नम्बरी’ निर्देशक गरिसकेका छन् ।