६ हिप-हप समावेश ‘छड्के २’को अडियो एल्बम सार्वजनिक

६ हिप-हप समावेश ‘छड्के २’को अडियो एल्बम सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स,काठमाडौं – फागुन १९ मा रिलिज हुने बहुप्रतिक्षित सिनेमा ‘छड्के २’को प्रोमोसनल अडियो एल्बम सार्वजनिक गरिएको छ ।

६ हिप-हप गीत समावेश एल्बमले सिनेमाको कथा र पात्रहरुको मनोभाव र परिस्थिति बोल्छन । ‘मेधा’ युट्युब च्यानलबाट सार्वजनिक भएका अडियो ट्रयाक पावरफुल लाग्छन ।

एभिलाइभ, रिवटकोबैन, एडविन बिट्सले कम्पोज गरेका गीतमा न्यास्टीले पर्फम गरेका छन् ।

सुपरस्टार अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमालाई निगम श्रेष्ठको लेखन तथा निर्देशन गरेका हुन् । बुधबार रिलिज हुने सिनेमाको ट्रेलरलाई लिएर दर्शक व्यग्र प्रतिक्षामा छन् ।

यसअघि सार्वजनिक पोस्टर र टिजरले हाइप निर्माण गरेका छन् । टिजरलाई करिब १९ लाखले हेरिसकेका छन् । अनमोल पहिलो पटक ग्याङस्टर भूमिकामा देखिएका छन् ।

सुनौं ‘छड्के २’का ६ प्रोमोसनल ट्रयाक

‘ग्याङ्स्टा’

एल्बमको पहिलो गीत ‘ग्याङ्स्टा’ इडिएम (इलेक्ट्रोनिक डान्स म्युजिक) पप संगीतमा तयार पारिएको छ । यो गीतले सिनेमाको टोन सेट गर्दछ । जो सिनेमाको जनरासंग प्रभावित छ ।

एभिलाइभले कम्पोज गरेको हिप-हपमा न्यास्टीले पर्फम गरेका छन् । यो गीत ऊर्जावान लाग्छ ।

‘अख्खा’

सिनेमाको चरित्र र कथाबस्तुबाट प्रभावित ‘अख्खा’मा न्यास्टीले स्वर दिएका छन् । रिवटकोबैनले कम्पोज गरेको गीतमा ब्रिह्मिन, ग्रिजल र भिएसएक्स फिचर्ड छन् ।

‘मेनडग’

मुख्य पात्र अनमोल केसीको चरित्र चित्रण गर्ने ‘मेनडग’मा न्यास्टीले पर्फम गरेका छन् । रिवटकोबैनको बिट कम्पोज गरेको हिप-हप दमदार बनेको छ ।

‘सुराखी’

न्यास्टीकै आवाज रहेको गीतमा स्याक र पोंक ए फिचर्ड छन् । यो बिटपनि रिवटकोबैनले नै कम्पोज गरेका हुन् ।

‘मुला’

न्यास्टीले गाएको ‘मुला’ ब्यान्जर ट्रयाक हो । एल्बमको पाँचौं ट्रयाकमा एडविन बिट्सको कम्पोज रहेको छ ।

‘बिरामी’

न्यास्टीको पर्फम र रिवटकोबैनको कम्पोज रहेको गीत अनमोलले निर्वाह गरेको मुख्य पात्र ‘मेनडग’बाट प्रभावित छ । गीतले ग्याङ्स्टाको अँध्यारो पक्षलाई चित्रण गर्ने कोसिस गरेको छ ।

‘ग्याङ्स्टा’बाट सुरु भएको एल्बम ‘बिरामी’सम्म आइपुग्दा यसले थुप्रै इपि प्रोग्रेसेसलाई पच्छ्याउछ । गीतले ग्याङ्स्टा बन्न सजिलो छैन । तर परिस्थितिले मानिसलाई ग्याङ्स्टा बनाउने संदेश दिन्छ ।

अनमोलसंगै सिनेमामा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

यस्तै रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलानले यो सिनेमाबाट अभिनयमा डेब्यु गरेका छन् ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी/लोकेश बज्राचार्यको सम्पादन छ ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेका छन् । भने कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।