२४ घण्टामा १० लाख भ्युज, इतिहास दोहोर्याउने संकेत दिंदै ‘छड्के २’

२४ घण्टामा १० लाख भ्युज, इतिहास दोहोर्याउने संकेत दिंदै ‘छड्के २’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – १० वर्ष अगाडी फागुन ११ मा रिलिज भएको ‘छड्के’ले नेपाली बक्सअफिसमा आँधी सुरुवात गरेको थियो ।

त्यतिबेला बक्सअफिसका सम्पूर्ण रेकर्ड तोड्दै ‘छड्के’ले गरेको ओपनिङको चर्चा आजको दिनसम्मपनि छ । निगम श्रेष्ठ निर्देशित ‘छड्के’ अहिलेपनि दर्शकको मानसपटलमा छ । दर्शकहरु ‘छड्के’लाई निगमको मास्टरपिस र सौगात मल्ल र विपिन कार्कीको अभिनयका हिसाबमा अब्बल सिनेमा मान्छन ।

निर्देशक श्रेष्ठ १० वर्षपछि ‘छड्के’को दोस्रो शृंखला लिएर दर्शकमाँझ आउदैछन् । फागुन १९ मा रिलिज हुने सिनेमामा सुपरस्टार अनमोल केसी मुख्य भूमिकामा छन् । ट्रेलर सार्वजनिक भएपछी ‘छड्के २’को चर्चा शिखरमा छ । सिनेमाले १० वर्ष अगाडीको इतिहास दोहोर्याउने संकेत दिएको छ ।

सार्वजनिक ट्रेलरले २४ घण्टाभित्र १० लाख भ्युज बटुल्दै प्रि-रिलिजमै रेकर्ड राखिसकेको छ । यसले अनमोल अभिनित ‘ए मेरो हजुर ३’को रेकर्ड तोड्न सफल भएको हो । ‘ए मेरो हजुर ३’ले ८ लाख ११ हजार भ्युज पाएर रेकर्ड राखेको थियो ।

४ नम्बर ट्रेन्डिङमा रहेको ट्रेलरले यो समाचार तयार पार्दासम्म १४ लाख भ्युज पाइसकेको छ ।

ग्याङस्टर जनरामा निर्माण भएको सिनेमामा अनमोलसंगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलानलगायतका कलाकारको अभिनय छ ।

सिनेमाले नेपालको प्राकृतिक स्रोत हत्त्याउन संघर्षरत तीन समूह रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङ बीचको लडाइँको कथा भन्छ ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा को व्यानरमा निर्मित सिनेमाको निर्माता प्रशान्त गिरी र देवकुमार श्रेष्ठ हुन् । कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।