‘ज्याकी – आई एम ट्वान्टी वान’ पोस्टरमा धिरजको लाहुरे र डान्सर रुप

‘ज्याकी – आई एम ट्वान्टी वान’ पोस्टरमा धिरजको लाहुरे र डान्सर रुप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – धिरज मगर र जसिता गुरुङ अभिनित सिनेमा ‘ज्याकी – आई एम ट्वान्टी वान’को पोस्टर सार्वजनिक भएको छ ।

सार्वजनिक दुई पोस्टरमा कलाकार धिरजमात्र फिचर्ड छन् । पोस्टरमा उनको दोहोरो चरित्र देखाइएको छ । उनि लाहुरे र डान्सरको पोशाकमा गम्भीर देखिएका छन् । उनि आर्मीहुँदै डान्सरको रुपमा फड्को मार्ने सोचमा रहेको अनुमान लगाउन सकिन्छ ।

धिरजको दुई चरित्रले सिनेमामा उनि दोहोरो भूमिकामा त छैनन् ? भने प्रश्न खडा गरिदिएको छ । जसले दर्शकमा कौतुहलता बढाउछ ।

‘इन्टु मिन्टू लण्डनमा’ फेम्ड निर्देशक रेनशा राई राणाले निर्देशन गरेको सिनेमामा धिरज र जसितासंगै अरुण क्षेत्रीको प्रमुख भूमिका छ ।

बैशाख २१ मा रिलिज हुने सिनेमामा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ ।

आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माण रहेको छ ।

फागुन १९ मा सिनेमाको टिजर सार्वजनिक गरिने निर्माण पक्षले बताएको छ ।